राप्रपा सांसदको प्रश्न : राजसंस्था पक्षधरको धक्काले हो मन्त्री गायब भएको ?
बुधबार, २८ फागुन २०८१, १२ : ०७

काठमाडौँ । राप्रपा सांसद विना लामाले राजसंस्थाको धक्काले मन्त्रीहरू संसदबाट भागेका हुन् ? भनेर प्रश्न गरेकी छन् । बुधवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले भनिन्, ‘राजसंस्था पक्षधरको एक धक्काले हो कि मन्त्रीहरू गायब भएको ? तर आउनु भयो उहाँहरूलाई स्वागत छ तर जिम्मेवार बन्न सुझाव दिन चाहन्छु ।’
सांसद लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरण अनुदान वितरणको मापदण्ड आधार र यथार्थ नबनाई पक्षधरताको आधारमा बाँडफाँड गरेको बुझिएको भन्दै आयोगको स्वीकृति विना युएसएआडीको रकम दुरुपयोग भएको भन्दै त्यसको छानबिन गर्न माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ