त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी
_HG44iQmLb6.jpg)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) मा नेपाल विद्यार्थी सङ्घको एउटा पक्षले तालाबन्दी गरेको छ । स्ववियु निर्वाचनका लागि आफ्नो तर्फबाट सिफारिस भएका उम्मेदवारको उम्मेद्वारी खारेज गरिएको भन्दै त्रिवि समिति सभापति विष्णु बडैलासहितको टोलीले तालाबन्दी गरेका हुन् ।
स्ववियु निर्वाचनका लागि आधिकारिक उम्मेदवार अनुज कार्की भएको तर, अर्का उम्मेदवार दीपक जोशीको उम्मेदवारी सदर गरिएको भन्दै तालाबन्दी गरिएको सभापति बडैलाले जानकारी दिए । हिजो मङ्गलवार स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।
सोही क्रममा नेविसंघको तर्फबाट उम्मेदवारका विषयमा नेपाली कांग्रेसका महामन्त्री तथा स्ववियु केन्द्रीय परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा र नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेविसंघका निर्देशक समिति संयोजक र स्ववियु टिकट वितरण समितिका संयोजकको निर्देशन अनुसार आफूहरू अनुज कार्कीको उम्मेदवारी मनोनयन दर्ता गराएको उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको समितिबाट स्ववियु निर्वाचनका लागि आधिकारिक उम्मेदवार तय गरी अगाडि बढ्ने निर्देशन समितिले दिएको उनको भनाइ छ । सोही आधारमा आफूहरू स्ववियु अध्यक्षमा कार्कीको नेतृत्वमा मनोनयन दर्ता गरिएको बताए ।
त्यसपछि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय निर्वाचन आचारसंहिता अनुसार ५ बजेपछि जोशीले मनोनयन दर्ता गराएको त्रिवि नेविसंघको आरोप छ ।
समयसीमा कटिसकेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले दर्ता गराएकाले उक्त क्रियाकलाप निर्वाचनको आचारसंहिता विपरित भएको सभापति बडैलाले बताए । उक्त कुरा नसच्याइएसम्म अनिश्चितकालीन रूपमा तालाबन्दी गरिएको सभापति बडैलाले बताए । विद्यार्थीहरूको प्रतिनिधि चुन्ने एक मात्र संस्था स्ववियु निर्वाचनको ग्यारेन्टी गर्न समेत गमा गरे ।
आचारसंहिता विपरीतका क्रियाकलापहरूलाई बढवा दिँदै समिति अगाडि बढेमा नेविसंघ त्रिवि समिति थप आक्रामक गतिविधि बढाउने समेत चेतावनी दिए । त्रिवि केन्द्रीय क्याम्पसका लागि नेविसंघका सात जनाले बागी उम्मेदवारी दिएका छन् । नरेन्द्र साउद, स्ववियु कोषाध्यक्ष पद्मा भुसाल, अक्कलदेव रानाभाट, सनम ओली, पदम दाहाल लगायतले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
-
रास्वपा नेताहरूले भैरहवा आएर भने – लुम्बिनीमा लगानीको सम्भावना छ
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’बारे छानबिन गर्न समिति गठन