आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण
बुधबार, २८ फागुन २०८१, ११ : ५६

काठमाडौँ । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियुको सचिवमा उम्मेदवारी दिएका दिपक देवकोटामाथि आक्रमण भएको छ । स्वतन्त्र विद्यार्थीहरुको समूहबाट उम्मेदवारी दिएका देवकोटालाई बुधवार क्याम्पसको खेल मैदानमा १०–१२ जना विद्यार्थीहरुले आक्रमण गरेका हुन् । अनेरास्ववियुमा आवद्ध निराजन भट्ट सहितको समूहले आक्रमण गरेको देवकोटा पक्षका विद्यार्थीहरुले दावी गरेका छन् ।
घटनाबारे क्याम्पस प्रमुख पदम अधिकारीलाई जानकारी गराउँदा उनले आफ्नो विषय नभएको भन्दै पन्छिएको देवकोटाको समूहका रेशम सापकोटाले रातोपाटीलाई बताए । आक्रमणमा संलग्नहरु विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता गर्न लागिएको सापकोटाले बताए । उनले भने– ‘जाहेरी लिएर प्रहरी वृत्त सिंहदरबारमा पुगेका छौँ ।’
आक्रमणकारीहरुले एकजना महिला विद्यार्थीलाई पनि आक्रमण गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बराह क्षेत्र विकास समितिका पूर्वअध्यक्ष घिमिरे जबरजस्ती करणी मुद्दामा दोषी ठहर
-
यस्तो छ ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’
-
सुदीपको न्यायको लागी पाकिस्तानी दूतावास अगाडी प्रदर्शन गरिँदै
-
कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
-
मधेस केन्द्रित दलले भारतमा भएको आतकङ्कारी हमलाको निन्दा गरे
-
भीरबाट लडेर दुई जनाको मृत्यु