बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा

बुधबार, २८ फागुन २०८१, ११ : ४६
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । सातवटै प्रदेशसभाका सभामुखहरू प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् ।  सरकार र संसद्को कामकारबाहीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरू बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् । 

‘प्रतिनिधिसभाका सभामुखसहित सात वटै प्रदेश सभाका सभामुखहरू बालुवाटार आएर छलफल गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयले भन्यो– ‘संसद र सरकारका कामकारबाहीबारे छलफल भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप