२१ क्याम्पसको स्ववियु सभापतिमा माओवादीनिकट क्रान्तिकारी निर्विरोध

काठमाडौँ । आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २१ वटा क्याम्पसमा सभापति निर्विरोध जितेको छ । क्रान्तिकारीकी उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख ममता अधिकारीले २१ क्याम्पसमा आफ्नो संगठनका उम्मेदवार निर्वाचित भएको जानकारी दिइन् ।
उनका अनुसार जुगल बहुमुखी क्याम्पस सिन्धुपाल्चोकमा सुस्मिता श्रेष्ठ, सितल क्याम्पस चौरजहारी रुकुम पश्चिममा प्रकाश डाँगी, त्रावती सामुदायिक क्याम्पस धादिङमा अभिसेक थपलिया, शान्ति आदर्श बहुमुखी क्याम्पस बझाङमा बम धामी, राडी ज्युला शिक्षा क्याम्पस रूकुम पश्चिममा सुप्रिम वली, सुर्योदय क्याम्पस हुम्लामा रिमिलाल बुढा, सिम्रुतु क्याम्पस रुकुम पश्चिमा दिपेन्द्र ओली स्ववियू सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै गल्बा क्याम्पस हुम्लामा रिमिलाल बुढा, शंकरपुर क्याम्पस दार्चुलामा जानकी टमटा, सहयोगी क्याम्पस काठमाडौंमा प्रदीप श्रेष्ठ, श्रीकृष्ण क्याम्पसमा सबिन श्रेष्ठ, सन्जिबनी क्याम्पस काभ्रेमा दीपक रानामगर, प्रभा क्याम्पस काभ्रेमा सुजन चौलागाईं सभापतिमा निर्विरोध भएका छन् ।
क्रान्तिकारीबाट स्ववियू सभापतिमा निर्विरोध निर्वाचित हुने अन्यमा आदर्श जनता क्याम्पस सर्लाहमा रेबेन्द्र दाहाल, बनगार्ड क्याम्पस सल्यानमा जीवन विष्ट, सिध्दपृथ्वी जनता क्याम्पस श्रीगाउँ दाङमा सुदीप चौधरी, सिंजा बहुमुखी क्याम्पस जुम्लामा सन्तोष आचार्य, सानोभेरी शिक्षा क्याम्पस रुकुमपश्चिममा वीरभान भण्डारी, स्यार्पु बहुमुखी क्याम्पस रुकुपश्चिममा टेकराज विश्वकर्मा, रोल्पा नमुना क्याम्पसमा ओनसरी घर्तीमगर र लिकु संयुक्त क्याम्पस डोल्पामा राजेन्द्र बुढा छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको हो । ०६५ सालयता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छैन । आगामी ५ चैतका लागि निर्धारित निर्वाचनअन्तर्गत शनिबार मनोनयन दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत