बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेट

अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक

बुधबार, २८ फागुन २०८१, १० : १५
बुधबार, २८ फागुन २०८१

काठमाडौँ । अस्ट्रेलियन टोलीका पूर्वविकेटकिपर ब्याट्सम्यान म्याथ्यू वेड इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब गुजरात टाइटन्ससँग जोडिएका छन् । इन्डियन प्रिमियर लिगको आगामी संस्करणका लागि गुजरातले म्याथ्यू वेडलाई आफ्नो सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । 

३७ वर्षीय म्याथ्यू वेड अस्ट्रेलियालाई आईसीसी टी–२० विश्वकपको उपाधि चुमाउने टोलीका प्रभावशाली खेलाडी हुन् । उनी अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा होबर्ट हरिकन्ससँग जोडिएका छन् । 

उनले खेलाडीको भूमिकामा होबर्ट हरिकन्सलाई बिग बास लिगको उपाधि चुमाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । करिब दुई महिनाअघि सम्पन्न बिग बास लिगको फाइनलमा उनले सिड्नी थन्डर्सविरुद्ध केवल १७ बलमा एक छक्का र पाँच चौकाको मद्दतले अविजित ३२ रन बनाएका थिए ।

फाइनलमा होबर्ट हरिकन्सले सिड्नी थन्डर्सलाई सात विकेटले हराएको थियो । म्याथ्यू वेड यसअघि खेलाडीको भूमिकामा पनि आईपीएल क्लब गुजरात टाइटन्ससँग जोडिएका थिए । उनले खेलाडीको भूमिकामा गुजरातका लागि १२ खेल खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप