बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

तनहुँको बिपी वाटिकामा कभर्डहल निर्माण

बुधबार, २८ फागुन २०८१, ०८ : १४
बुधबार, २८ फागुन २०८१

तनहुँ । व्यास नगरपालिका–३ स्थित बिपी वाटिकामा  रु ९६ लाख ६३ हजार सात सय ४७ को लागतमा कभर्डहल निर्माण भएको छ । कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो । 

कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले रु ८७ लाख ८५ हजार दुई सय ३४ प्रदान गरेको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण भएको हो ।  

क्लबले जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ । कभर्डहलको मङ्गलवार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप