विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्

काठमाडौँ । अङ्गुर प्रायः जसो सधैँ पाइन्छ । हरेक उमेर समूहका मानिसलाई मन पर्ने फल हो अङ्गुर ।
बजारमा कालो, रातो, हरियो रङका अनेकौँ अङ्गुर आउन थालेका छन् । अङ्गुर मिठो त हुन्छ नै यसको सेवनले शरीरले पनि अनेकौँ लाभ पाउँछ । तर अङ्गुरको खेतीमा व्यापक स्तरमा किटनाशक हालिएको हुन्छ । उचित वृद्धिको लागि अङ्गुरमा धेरै मात्रामा कीटनाशक प्रयोग गरिएको हुन्छ ।
तपाईँले सादा पानीले मात्रै धोएर अङ्गुर खाइरहनु भएको त छैन । सादा पानीले मात्रै पखाल्दा अङ्गुरमा भएको विषादी पखालिँदैन । त्यसैले हरेक पटक अङ्गुर खानु अघि राम्रोसँग यसलाई सफा गर्न जरुरी छ । यसो गर्दा विषादी सेवनका कारण शरीरलाई हुन सक्ने क्षतिबाट बच्न सकिन्छ । स्वस्थ रहन र किटनाशक हटाउन अङ्गुरलाई यसरी गर्नुस् सफा:
१. एउटा ठुलो भाँडामा अङ्गुर राख्नुस् अनि पानी हाल्नुस् । अब यसमा २ चम्चा डिस्टिल्ड भिनेगर वा एप्पल साइडर भिनेगर हाल्नुस् । अङ्गुरलाई यो घोलमा घुमाउनुस् अनि १० मिनेटसम्म भिजाएर राखिदिनुस् । पानी निकानेर फ्याँक्नुस् अनि अङ्गुरलाई चिसो पानीले राम्ररी धुनुस् । अब यो खानको लागि पूरै तयार छ ।
२. सबै भन्दा पहिले एउटा कचौरा पानी भर्नुस् । अब २ चम्चा समुद्री नुन र २ चम्चा बेकिङ सोडा हाल्नुस् । यी दुबैलाई तबसम्म पानीमा घोलिरहनुस् जबसम्म पानीमा पूरै घुलिँदैनन् । त्यसपछि यो पानीमा अङ्गुरहरू हाल्नुस् । यो पानीमा अङ्गुरहरू पुरेको डुबेको हुनु पर्छ । अङ्गुरलाई करिब ५ मिनेटसम्म यो पानीमा भिज्न दिनुस् । अनि यो पानी फ्याकेर सादा पानीले सफा गर्नुस् । अङ्गुर खानका लागि तयार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई मनाउने जिम्मा अब अमेरिकाको
-
सात महिनामा बैंकिङ क्षेत्रले कमायो ३७ अर्ब ९१ करोड
-
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा
-
आर्मी क्लबको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हरायो
-
बजेट निर्माण र बाँडफाँडको अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा देश बन्दैन : अर्थमन्त्री
-
‘किसिक’ गर्ल श्रीलिलालाई डेट गर्दैछन् कार्तिक आर्यन ?