लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला

लन्डन । लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला परेका छन् । गत फेब्रुअरी २ तारिखदेखि सम्पर्कविहीन २३ वर्षीय कमल अधिकारी सकुशल फेला परेका हुन् ।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले दिएको जानकारीअनुसार अधिकारी इष्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेका थिए। उनी गत फेब्रुअरी २५ तारिखदेखि इष्ट लन्डनको एक होमलेस सेल्टरमा बस्दै आएको र आफू स्वयमले अधिकारीसँग कुरा गरेको दुवाडीले जानकारी दिए ।
अधिकारीलाई नेपाल फर्काउन नेपालमा रहेको उनको परिवार र यहाँ उनले आश्रय लिएको सेल्टरका प्रतिनिधिहरुसंग दूतावासले पहल गरिरहेको छ ।
लन्डनस्थित ‘युनिभर्सिटी अफ क्रियटिभ आर्टस’मा अध्ययनरत कमल गत फेब्रुअरी २ तारिखदेखि लन्डनबाटै सम्पर्कविहीन बनेका थिए। धनुषा जिल्लाको हंसपुर ६ घर भएका उनी १७ सेप्टेम्बर २०२२ मा अध्ययनको लागि बेलायत आएका थिए।
पछिल्लो समय कमलको आनीबानीका कारण वेष्ट लन्डनमा घरभेटीले निकालिदिएपछि उनी सडकमा पुगेका थिए। त्यसपछि बेखर्ची भएका उनलाई नेपालीहरूको पहलमा फेब्रुअरी २ मा रेल भाडा जुटाएका थिए । त्यसयता उनी सम्पर्कविहीन थिए ।
उनको खोजी गर्न लन्डनस्थित नेपाली दूतावासले लन्डन मेट्रोपोलिटन प्रहरीलाई खबर गरेको थियो भने स्थानीय नेपाली समुदायले पनि पहल गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा
-
आर्मी क्लबको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हरायो
-
बजेट निर्माण र बाँडफाँडको अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा देश बन्दैन : अर्थमन्त्री
-
‘किसिक’ गर्ल श्रीलिलालाई डेट गर्दैछन् कार्तिक आर्यन ?
-
त्रिवि स्ववियु निर्वाचन : चार वटा क्याम्पसमा विद्युतीय मेसिनद्वारा मतदान हुने
-
३२ लाख ६५ हजार नेपाली अझै ‘टुजी’मा, बन्द गर्ने घोषणापछि प्रयोगकर्ता झनै बढ्दै