शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

आज नारायणको बार कसलाई कति लाभ ?

बुधबार, २८ फागुन २०८१, ०५ : ५८
बुधबार, २८ फागुन २०८१

आज विक्रम संवत २०८१ साल फाल्गुन २८ गते । बुधबार । ईश्वी सन् २०२५ मार्च १२ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–त्रयोदशी, ८ घडी ४७ पला, बिहान ९ बजेर ५० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–मघा, ५५ घडी ११ पला, रातको ४ बजेर २४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–सुकर्मा, १८ घडी ४६ पला, दिउसो  १ बजेर ४९ मिनेट उप्रान्त धृती । करण–तैतिल, बिहान ९ बजेर ५० मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ९ मिनेट । दिनमान २९ घडी ३७ पला ।

आजको बार बेला  
बिहान ०६ बजेर १९ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर २० मिनेटदेखि बिहान ७ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर ४९ मिनेटदेखि बिहान ९ बजेर १७ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर १८ मिनेटदेखि बिहान १० बजेर ४६ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ४७ मिनेटदेखि बिहान १२ बजेर १५ मिनेटसम्म  रोग बेला ।
मध्यान्ह १२ बजेर १६ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म उद्धेग बेला ।
दिउँसो १ बजेर ४४  मिनेटदेखि दिउँसो ३ बजेर १२ मिनेटसम्म चर बेला ।
दिउँसो ४  बजेर १३ मिनेटदेखि बेलुकी ४ बजेर ४१ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर ४२ मिनेटदेखि बेलुकी ७ बजेर ४१ मिनेटसम्म उद्धेग बेला ।
नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १२ बजेर १४ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ४४ मिनेटदेखि बिहान ५ बजेर ३२ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) पति पत्नीबीचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ  । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउला । अध्ययनमा उच्चता हाँसिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ  । स्कुल कलेज तथा कार्यक्षेत्रमा समयअनुसार रमाइलो गर्न सकिनेछ ।

बृष (इ,उ, ए,ओ,वा,वि,वु,वे,वो) सवारी साधनको व्यापार व्यवसायमा अलिक बढी मेहनेत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलिक बढी नै मेहनेत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागी समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । र, पनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।
 
मिथुन
(का,कि,कु,घ,ङ,छ,के,को,हा) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उद्योग, व्यापर तथा शेयरबजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी रमइलो गर्दै  समय व्यतित गर्न सकिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलीको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गीत संगीतमा लाग्नेहरुका लागि समयले साथ दिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो गर्दै समय व्यतित गर्न सकिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्रपंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पों) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ ।  व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाव बढ्ने योग रहेकोछ । प्रेममा अविश्वास तथा मनमुटाव बढ्नेछ । र, पनि काम वा अध्ययनको सवालमा यात्रा गर्दै हुनुहुन्छ भने समयले साथ दिनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) भौतिक सम्पत्तिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेकोछ  । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । स्कुल कलेजमा साथीमाइका साथ रमाइलो गर्दै समय व्यतित गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)  इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफलतापूर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ, आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नीबीच विवाद बढ्नेछ भने चेली माइतीबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुःख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरु सुल्झाउन असजिलो हुनेछ । र, पनि स्कुल तथा कलेजमा साथीभाइसँग रमाइलो गर्दै समय व्यतित हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरु जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडि बढ्नेछ भने पति पत्नीबीच आत्मियता बढेर जानेछ  । अध्ययन अध्यापनमा समय खर्चिनेहरुले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् । स्कुल, कलेज तथा कार्यक्षेत्रमा रमाइलो गर्दै समय व्यतित गर्न सकिनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईंकै पक्षमा नतिजा आउदा मन खुशी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाहमार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ । बिवाद तथा प्रतिस्पर्धामा बिपक्षहरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । कार्यक्षेत्र तथा स्कुलकलेजमा साथीभाइका साथ रमाइलो गर्दै समय व्यतित गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्, 
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप