लिभरपुललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
बुधबार, २८ फागुन २०८१, ०४ : ४५

काठमाडौं । इंग्लिश क्लब लिभरपुललाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको दोस्रो लेगमा लिभरपुल पीएसजीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा अवसर गुमाएको हो ।
पहिलो लेगमा लिभरपुल १–० ले अगाडि थियो । दोस्रो लेगमा पीएसजीले १२ औं मिनेटमा १ गोल गरेकामा पछि दुबै टोलीबाट गोल हुन सकेन भने खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । पेनाल्टी सुटआउटमा पीएसजीका चार वटा प्रहार गोलमा परिणत हुँदा लिभरपुलका लागि जम्मा मोहम्मद सालाहले मात्रै गोल गर्न सके ।
थुप्रैले लिभरपुललाई यो प्रतियोगिताको विजेता भनेका थिए । तर, यथार्थमा त्यसो हुन सकेन । ६ पल्टको युरोपीयन च्याम्पियन लिभरपुल इंग्लिश प्रिमियर लिगमा भने लिडिङ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा
-
आर्मी क्लबको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हरायो
-
बजेट निर्माण र बाँडफाँडको अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा देश बन्दैन : अर्थमन्त्री
-
‘किसिक’ गर्ल श्रीलिलालाई डेट गर्दैछन् कार्तिक आर्यन ?
-
त्रिवि स्ववियु निर्वाचन : चार वटा क्याम्पसमा विद्युतीय मेसिनद्वारा मतदान हुने
-
३२ लाख ६५ हजार नेपाली अझै ‘टुजी’मा, बन्द गर्ने घोषणापछि प्रयोगकर्ता झनै बढ्दै