साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार

काठमाडौं । युद्धग्रस्त युक्रेन ३० दिने युद्धविराम प्रस्ताव मान्न तयार भएको छ । एक संयुक्त वक्तव्यमा युक्रेनले रुससँग ३० दिनका लागि युद्धविराम गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार रहेको जनाएको हो ।
वाशिंटन समेत युक्रेनलाई खुफिया जानकारी दिन र सुरक्षा सहायतामाथिको प्रतिबन्ध फुकुवा गर्न तयार भएको छ । जुन तत्काल बहाल गर्ने बताइँदैछ । तर, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘बल रुसको कोर्ट’मा भएका कारण यस प्रस्तावलाई मस्कोसम्म लैजाने बताएका छन् । रुबियोले यो प्रस्ताव पूर्ण युद्धविरामका लागि भएको र जुन गोलीबारी रोक्नका लागि भएको उल्लेख गरेका छन् ।
यसैसन्दर्भमा पल एडम्सले लेखेका छन्, ‘अब यस्तो लागिरहेको छ कि सार्वजनिक रुपमा रुसको मनसाय पर्खिनु पर्ने समय आइसक्यो ।’ यो विषय साउदी अरेबियामा अमेरिकी र युक्रेनी टोलीबीच भएको वार्तापछि बाहिर आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा