बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : संसद्‍मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म

मङ्गलबार, २७ फागुन २०८१, २२ : ००
मङ्गलबार, २७ फागुन २०८१

आज २०८१ फागुन २७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • चैते धानको मूल्य निर्धारण

 सरकारले यो वर्ष गत वर्षको तुलनामा करिब एक सय रुपैयाँ बढी चैते धानको मूल्य निर्धारण गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हो । अर्थात् गत वर्षको तुलनामा प्रतिप्रतिक्विन्टल ९३.४१ रुपैयाँ वृद्धि भएको छ । 

  • रातोपाटी स्पेसल : नागरिक उड्डयन प्राधिकरणको उल्झन

नागरिक उड्डयन क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई टुक्र्याउने विधेयक यतिवेला संघीय संसद्मा विचाराधीन अवस्थामा छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले माघ १९ गते संसद् सचिवालयमा दर्ता गराएको उक्त विधेयक फागुन १३ गते प्रतिनिधिसभामा प्रस्तुत गरिएको थियो । उक्त विधेयकलाई चैतको पहिलो सातादेखि अघि बढाउने मन्त्रालयले जनाएको छ । ु

  • सीमा क्षेत्रमा सुरक्षा

चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । चीनसँग नेपालको १४ जिल्लाको भौगोलिक सिमाना जोडिएको छ । नेपाल–चिन सिमाना जोडिएका ४ वटा जिल्लामा अध्यागमन कार्यालय छ ।

  • कर्णाली प्रदेश सभा

‘कतिपय विधेयक समितिमा अड्किएको वर्षौं भइसक्यो । प्रदेश सभाको पहिलो कार्यकालमै अगाडि बढाएका विधेयकले अहिलेसम्म कानुनी रूप पाएका छैनन् । सभामुखदेखि सांसदहरू सचेत हुन जरुरी छ, समितिको कामै भएन ।’ यो भनाइ कर्णालीको सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको हो ।

  • संसद्‍मा प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका लागि देशका लगभग हरेक ढुंगामा जनताको रगत बगेको भन्दै त्यो कुरा नबिर्सन चेतावनी दिएका छन् । ु

  • संसद् बैठक

राप्रपा सांसद रोशन कार्कीले फागुन २५ गते राजाको समर्थनमा निस्किएको भीड ट्रायलमात्र भएको भन्दै आगामी दिनमा राजाको पक्षमा यस्तो भीड बढ्दै जाने भएकाले गणतन्त्रवादीहरू लुक्ने ठाउँ खोज्दै गर्न आग्रह गरेकी छन् । 

  • रुस-युक्रेन युद्ध

रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका तिर्खबहादुर बुढाथोकी (तिलक)को रुस र युक्रेनबिचको युद्धमा मृत्यु भएपछि ७२ वर्षीय बुवा देवीलालले काजकिरिया सुरु गरेका छन् । रुसी सेनामा २०८० सालमा भर्ती भएका बुढाथोकी यही फागुन १३ गतेदेखि नै घरपरिवारको सम्पर्कमा थिएनन् । फागुन २४ गते उनको मृत्यु भएको पुष्टि भएको थियो ।

  • शिक्षक आन्दोलन

नेपाल शिक्षक महासंघले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बस्न सुरु गरेका छन् । आज उनीहरू नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन्।

  • होलीको चहलपहल

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

  • भारतीयलाई नागरिकता

सिरहाका एक वडाध्यक्षले भारतीयलाई नागरिकता दिएको खुलेको छ । सिरहा क्षेत्र नम्बर २ का सांसद एवं सोही स्थानीय तहका राजकिशोर यादवले मंगलबार प्रतिनिधिसभा बैठकमा यस्तो विषय उठाएपछि यसले थाहा भएको हो । 

  • रायसिना डायलग

सन् २०१६ देखि भारतले आयोजना गर्दै आएको रायसिना संवादमा नेपालको तर्फबाट सभागिता जनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवा त्यसतर्फ लागिसकिन् । उनी हिजो सोमबार त्यसतर्फ लागेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?