१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो

काठमाडौँ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । काठमाडौँको याक एण्ड यति हाेटलमा सोमबार र मंगलबारगरी दुई दिनसम्म चलेको पाँचौँ राष्ट्रिय सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको हो ।
आन्तरिक रोजगार प्रवर्धन दशक २०८२/०८३- २०९१/०९२ लाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ सम्मेलनबाट १६ बुँदे घोषणापत्र जारी गरेको हो ।
सम्मेलनको समापन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्मेलन सहज रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरे ।
"उत्पादन र उत्पादकत्व बिस्तार आन्तरिक रोजगारीको दिगो आधार” नारा सहित २०८१ फागुन २६ र २७ गते आयोजना भएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको रोजगारी र आगामी कार्यदिशा, कृषिमा उत्पादन र उत्पादकत्व अभिवृद्धि, उद्योग क्षेत्रको विकास र विस्तार, रोजगारदाताका समस्या, पर्यटन प्रवर्धन, नेपालको रोजगार सेवामा सामाजिक न्याय, रोजगारमूलक शिक्षा, उद्यमशील बनाउन जोड दिएका थिए। श्रम बजारको माग अनुरूपको सीप विकासको आवश्यकता लगायतका विषयमा विचार व्यक्त गरेका थिए ।
आन्तरिक रोजगार अभिवृद्धि गर्न र सम्मेलनबाट प्राप्त सुझावहरूलाई नेपाल सरकारले ग्रहण गर्ने बताएका थिए ।
सम्मेलनमा प्रधानमन्त्री ओलीले रुपान्तरणकारी "आन्तरिक रोजगार प्रवर्धन दशक (आव २०८२/८३-२०९१/९२) को घोषणा गरेका थिए ।
सम्मेलनमा सम्बन्धित विषयको सीप तालिम तथा रोजगारी प्रदान गर्ने सम्बन्धमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र विभिन्न १० वटा रोजगारदाता संस्थाबिच प्रधानमन्त्री रोजगार कार्यक्रम र स्विस कन्ट्याक्टबिच श्रम संसार पोर्टलको विस्तार गर्ने विषयमा तथा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने विषयमा सामाजिक सुरक्षा कोष र विभिन्न सातवटा रोजगारदाताबिच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्छ : सभापति देउवा
-
एन्टीबायोटिक्सले पनि काम नगर्दा ३० लाख बालबालिकाको मृत्यु : अध्ययन
-
सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना
-
उपाधिबाट चुक्यो नेपाल, फाइनलमा कुवेतसँग तीन रनले हार्यो
-
सोनुले किन तोडिन् टोनी र नेहासँग आफ्नो सम्बन्ध ?
-
देश बन्न वा बिग्रनुमा राजनीति र शिक्षाको भूमिका