बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

सङ्खुवासभामा स्ववियु निर्वाचनः एक क्याम्पसमा निर्विरोध, तीनमा उम्मेदवारी दर्ता

मङ्गलबार, २७ फागुन २०८१, २० : ५०
मङ्गलबार, २७ फागुन २०८१

सङ्खुवासभा । सङ्खुवासभामा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारले  मनोनयन दर्ता गराएका छन् ।

जिल्लामा रहेका चार वटा क्याम्पसमा स्ववियु निर्वाचनको चहलपहल बढेको छ । चैत ५ गते सङ्खुवासभाको बरुण बहुमुखी क्याम्पस खाँदबारी, मादी बहुमुखी क्याम्पस र रामेश्वर क्याम्पसमा स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएका छन् ।

संखुवासभा बहुमुखी क्याम्पस चैनपुरमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । 

बरुण क्याम्पस, मादी क्याम्पस र रामेश्वर क्याम्पसमा अनेरास्ववियू,नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी सहित तीन संगठनले मात्र उम्मेदवारी दर्ता गराएका छन् । सङ्खुवासभा बहुमुखी क्याम्पस चैनपुरमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका चेतन भण्डारी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै सचिवमा नेपाल विद्यार्थी संघबाट प्रमिसा शिवा र कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता डाँगी सर्वसम्मत निर्वाचित भएका छन्।

स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तर्फ १० जना र समानुपातिकतर्फ ५ जनाले उम्मेदवारी दिने पाउँछन् ।

सदरमुकाम खाँदबारीमा रहेको बरुण बहुमुखी क्याम्पसमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले उम्मेदवारी दर्ता गराएका छन् । अनेरास्ववियुबाट सभापतिमा स्मृति राई, सचिव लोकेन्द्र कुलुङ र कोषाध्यक्षमा अनिता कुलङको उम्मेदवारी दर्ता भएको छ । नेविसंघबाट सभापति हिमाल गुरुङ, सचिव  सविन कुमार राई र कोषाध्यक्ष प्रिया कुलुङको उम्मेदवारी परेको छ । अखिल क्रान्तिकारीबाट सभापतिमा सुवास कुलङ, सचिवमा दीपक तामाङ र कोषाध्यक्षमा युनिता कुलुङको उम्मेदवारी उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक दण्डपाणी गुरागाईंले जानकारी दिए । 

जिल्लाका तीन क्याम्पसमा अनेरास्ववियु,नेवि संघ र अखिल क्रान्तिकारीले एक्ला एक्लै भिड्दै छन् । जिल्लाकै ठूलो बरुण क्याम्पसमा ४ सय ५८ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?