शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

गाजापट्टीमा इजरायली सेनाको गोली लागेर चार जनाको मृत्यु

मङ्गलबार, २७ फागुन २०८१, १८ : ४५
मङ्गलबार, २७ फागुन २०८१

रफाह । गाजापट्टीमा गएको २४ घण्टामा इजरायली सेनाले गरेको गोलीवारिमा चार प्यालेस्टिनीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।  इजरायल र हमासबिच यस क्षेत्रमा धेरै हदसम्म प्रभावकारी युद्धविराम सम्झौता भएको बेला गोलीबारीका घटनाहरू भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । 

जनवरीमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै आफ्ना सेनाको नजिक जान खोज्ने वा अनधिकृत क्षेत्रमा प्रवेश गरेका दर्जनौँ प्यालेस्टिनी नागरिकहरूको गोलीबारीबाट मृत्यु भएको इजरायली सेनाले पनि बताएको छ ।

इजरायलले गत हप्ता गाजा पट्टीमा बसोबास गर्ने २० लाखभन्दा बढी प्यालेस्टिनीहरूलाई सामान र बिजुलीको आपूर्ति रोकेको थियो ताकि चरमपन्थी समूह हमासलाई युद्धविराम सम्झौताको पहिलो चरणको अवधि बढाउन दबाब दिन सकियोस् । सम्झौताको पहिलो चरण मार्च १ मा समाप्त भएको थियो । इजरायलले स्थायी युद्धविरामको लागि वार्ता गर्न सहमत भएको बदलामा हमासले आफ्ना बाँकी रहेका आधा बन्धकहरूलाई रिहा गरोस् भन्ने चाहेको थियो । हमासले युद्धविरामको अझ कठिन दोस्रो चरणमा वार्ता सुरु गर्न चाहेको छ । यस अन्तर्गत गाजा पट्टीबाट बाँकी बन्धकहरूको रिहाइ, इजरायली सेनाको फिर्ती र दिगो शान्ति सुनिश्चित गर्न प्रयास गरिनेछ । हमासले ३५ बन्धकहरूको शवको अतिरिक्त २४ जीवित इजरायली बन्धकहरूलाई राखेको अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप