मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

विपिन जोशी रिहाइका लागि राजदूतलाई ज्ञापनपत्र बुझाइयो

मङ्गलबार, २७ फागुन २०८१, १८ : ३८
मङ्गलबार, २७ फागुन २०८१

काठमाडौँ । प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहलकदमी लिन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य सुरेश भट्ट आश्रिनले नेपाली दूतावास दोहा कतारका राजदूत रमेश चन्द्र पौडेललाई  ज्ञापनपत्र बुझाएका छन् ।

हमासले अझै ९६ जना  नियन्त्रणमा लिएर राखेको अवस्थामा नेपाली विद्यार्थी विपिन जोशीको  रिहाइका लागि कतारका राजासमक्ष उच्च कूटनीतिक पहल गरिदिन राजदूतलाई ज्ञापनपत्र बुझाएका हुन्  । 

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।

b

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप