अमिताभले एक वर्षभित्रै राम मन्दिर नजिक किने अर्को जग्गा

नयाँ दिल्ली । बलिउड नायक अमिताभ बच्चनले ५५ वर्षभन्दा लामो आफ्नो करियरमा कयौँ उत्कृष्ट चलचित्रहरू दिएका छन् । यस अवधिमा उनको कयौँ फिल्म डिजाष्टर पनि साबित भए ।
एउटा समय यस्तो पनि थियो ऋणमा चुर्लुम्म डुबेका कारण उनी मुख लुकाउँदै हिँड्नु पर्ने अवस्थामा थिए । तर दिनरात कडा परिश्रम गरेर उनले आफ्नो ऋण सबै तिरिसकेका छन् । यस बिचमा उनी ३६ अर्ब भारुको अथाह सम्पत्तिको मालिक पनि बनेका छन् । अमिताभको सम्पत्ति निरन्तर बढ्दै गइरहेको छ ।
अयोध्यामा राम मन्दिरको अभिषेक पछि अमिताभ बच्चनले त्यहाँ करोडौं मूल्य पर्ने जग्गा किनेका थिए । त्यतिबेला उनको निकै चर्चा भएको थियो । उक्त जग्गा किनेको एक वर्ष नपुग्दै राम मन्दिर नजिक उनले अर्को जग्गा किनेका छन् । अमिताभ बच्चनले अयोध्याको राम मन्दिरबाट केवल १० किलोमिटर टाढा रहेको जग्गा किनेका हुन् । लगभग ५४ हजार ४५४ वर्ग फिटको यो जग्गा हरिवंश राय बच्चन ट्रस्टले खरिद गरेको छ । यसअघि, जनवरी १६ मा, बिग बीले हवेली अवधमा जग्गा किनेका थिए, जसको मूल्य लगभग ४ करोड ५४ लाख भारु थियो ।
जग्गा किनेको खबरको पुष्टि टाइम्स अफ इन्डियाको एक समाचारमा गरेको छ । आफूले बिक्री भएको पुष्टि मात्र गर्न सक्ने अयोध्याको टिकट तथा दर्ता विभागका सहायक महानिरीक्षक प्रताप सिंहको भनाई उद्धृत गर्दै समाचारमा भनिएको छ । स्थानीय विकास प्राधिकरणले भवन योजना स्वीकृत गरेपछि, दुवै लगानीको उद्देश्य के हो भनेर थाहा हुने सिंहको भनाइ थियो ।
दुवै जग्गाको कारोबार अमिताभ बच्चन र हरिवंश राय बच्चन मेमोरियल ट्रस्टको तर्फबाट राजेश ऋषिकेश यादवले गरेका थिए । प्रतिवेदनमा उल्लेख भएअनुसार हवेली अवध र राम मन्दिर नजिकै पहिले खरिद गरिएको जग्गा आवासीय उद्देश्यका लागि प्रयोग गर्न सकिने र अहिले किनिएको जग्गा सामाजिक वा परोपकारी उद्देश्यका लागि प्रयोग गर्न सकिने बताइएको छ ।
२०१३ मा लञ्च भएको थियो हरिवंश राय बच्चन मेमोरियल ट्रस्ट
अमिताभ बच्चनले २०१३ मा हरिवंश राय बच्चन मेमोरियल ट्रस्टको सुरुवात गरेका थिए । ‘मेरो बुबाको सम्झनामा एचआरबी मेमोरियल ट्रस्ट नामक ट्रस्ट गठनको घोषणा गर्न पाउँदा म खुसी छु, जसले परोपकारको लागि कोष जुटाउने काम गर्नेछ । यसमा योगदान पुर्याउन वा कार्य गर्न मेरो आफ्नै प्रयासहरू प्रमुख हुनेछन् र गरिएका परोपकारी कार्यहरूको सूची चाँडै नै सबैले देख्न सक्नेछन्,’ आफ्नो ब्लगमा अमिताभले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको सामानसहित युवक पक्राउ
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
-
लैङ्गिकमैत्री सहर निर्माणका लागि महानगर सचेत छ : उपप्रमुख डङ्गोल
-
एकताबद्ध एनआरएनका लागि सहकार्य गर्न आह्वान
-
आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गरेको आरोपमा टर्कीएद्वारा ३२ सन्दिग्ध पक्राउ
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा