बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

सरकारी लेटरहेडमा ‘श्री ५’ सम्बोधन गर्ने रमेशराज वास्तोला पदमुक्त

मङ्गलबार, २७ फागुन २०८१, १७ : ३६
मङ्गलबार, २७ फागुन २०८१

काठमाडौँ । नेपाल सरकारको लेटरहेडमा ‘श्री ५’को सम्बोधन गर्ने पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धक रमेशराज वास्तोला पदमुक्त भएका छन् । 

उनले केही दिनअघि पूर्वराजाको समर्थनमा एक विज्ञप्ति जारी गर्दै ‘श्री ५’को सम्बोधन गरेका थिए । यसपछि उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण माग गरेकामा जवाफ चित्तबुझ्दो नभएपछि पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ । 

‘यस मन्त्रालयको मिति २०८१।११।१३ को निर्णयअनुसार दुई वर्षको लागि पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धकमा नियुक्त रमेशराज वास्तोलालाई पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम मिति २०८१ ।११ । २५ गते लिखित स्पष्टीकरण सोधिएकोमा निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले ऐ. कार्यविधिको दफा ५ बमोजिम मिति २०८१।११।२६ (मा. मन्त्रीस्तर) को निर्णयअनुसार निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाइएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?