बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

हिसान क्रिकेटको फाइनलमा अरनिको र ग्रिनल्याण्ड भिड्दै

मङ्गलबार, २७ फागुन २०८१, १७ : ०३
मङ्गलबार, २७ फागुन २०८१

विराटनगर  । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको फाइनलमा अरनिको कलेज र ग्रिनल्याण्ड प्रवेश गरेको छ । 

विराटनगरको वैजनाथ क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा हिसान मोरङ क्रिकेट विजेता विराटनगरको अरनिको कलेजले बिर्तामोडको निदि कलेजलाई ६८ रनको फराकिलो अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित १५ ओभरमा ५ विकेट गुमाई १ सय ३१ रनको स्कोर बनाएको थियो । अरनिकोका जितमा प्लेयर अफ म्याच रुद्रप्रताप साहले अविजित ५० रन बनाउँदा सोनु साहले २९ रनको योगदान दिए । निदिका विशाल मगरले सर्वाधिक ४ विकेट लिए ।

१ सय ३२ रनको लक्ष्य पछ्याएको निदिले १५ ओभरमा सबै विकेट गुमाई ६४ रनमा सीमित भयो । निदिकालागि विशाल मगरले सर्वाधिक १० रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा प्रकाश पासवानले २ विकेट लिए ।

दोस्रो सेमिफानल खेलमा ग्रिनल्याण्ड कलेजले इटहरीको विश्व आर्दश कलेजलाई १६ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९७ रनको स्कोर बनाएको थियो । 

ग्रिनल्याण्डका क्रि चौधरीले २४ रन बनाउँदा रअनिस सहनीले २३ रन बनाए  । विश्व आर्दशका बलराम मण्डलले २ विकेट लिँदा सन्देश भण्डारी र आकाश सराफले पनि २–२ विकेट लिए ।

९८ रनको लक्ष्य पछ्याएको विश्व आदर्शले पुरै ओभर खेल्दै ९ विकेट ८१ रनमा सीमित भयो  । विश्व आदर्शका आर्यन आमिरले सर्वाधिक २२ रनको योगदान दिए । ग्रिनल्याण्डका प्लेयर अफ म्याच सुनिल यादवले ४ विकेट लिँदा अमित चौधरी र गनेश यादवले २–२ विकेट दिए ।

फागुन २८ गतेसम्म प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ टिम सहभागी रहेको हिसान कोशीका अध्यक्ष ज्ञानबहादुर खडकाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?