पाकिस्तानमा हतियारधारी समूहद्वारा यात्रुवाहक रेल ‘हाइज्याक’

इस्लामावाद । पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएको छ । समाचार एजेन्सीहरूका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक उग्रवादी संगठनले नियन्त्रणमा लिएको हो ।
उक्त संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ । उक्त रेल क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ । प्रान्तीय सरकारले स्थानीय प्रशासनलाई आपत्कालीन उपाय अवलम्बन गर्न निर्देशन दिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले लडाकु समूहले रेलमा हमला गरेको पुष्टि गरे । यद्यपि, यस विषयमा उनले थप विवरण आउन बाँकी रहेको जनाएका छन् ।
भौगोलिक विकटताका कारण सो क्षेत्रमा सरकारी अधिकारी तथा सुरक्षाकर्मी पुग्न समय लाग्ने उनको भनाइ छ । रेलवे विभागले सो क्षेत्रमा उद्धारका लागि अन्य रेल पठाउने तयारी गरेको बताइएको छ ।
उक्त रेलमा ९ वटा कोच रहेको र करिब पाँच सय यात्री रहेको पाकिस्तानी सञ्चारमाध्यम ‘डन’को अनलाइन संस्करणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन