लिडर नभएर डिलर चलाइयो : यादव

काठमाडौँ । जसपा नेपालका सांसद राजकिशोर यादवले नेपालका सत्तारुढ दलका नेताहरूले लिडर नभएर डिलर चलाएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यादवले सदनमा हुने बहस जनताको आवाज बन्न छाडेको बताए । ‘यहाँ भएको बहस जनताको आवाज नभएर नेताहरूको गनगन र रोइलो भयो’, उनले भने, ‘यो आफैप्रतिको अविश्वासको प्रतीकको सन्देशजस्तो लाग्छ ।’
उनले एकजना व्यक्ति एरपोर्टबाट घर फर्कँदा जुन प्रकारको राज्यसत्ता नै तर्सिनुपर्ने तथा चिन्तित हुनुपर्ने अवस्था किन आयो भन्दै पुरै सदनको समय खर्चिनुपर्ने अवस्था आउनुमा सत्तामा गरिएको रजगज र अवस्थाको नाममा राज्य कब्जा गरेर दोहन गरेका दिनहरूलाई सम्झन आग्रह गरे ।
‘सत्ताको नाममा सबै संयन्त्र कब्जा गरेर दलका नेता लिडर नभएर डिलर भएर शासन चलाउन खोजेको देखियो, त्यसैको प्रतिबिम्ब हो २५ गतेको जनसागर उर्लियो’, यादवको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको सामानसहित युवक पक्राउ
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
-
लैङ्गिकमैत्री सहर निर्माणका लागि महानगर सचेत छ : उपप्रमुख डङ्गोल
-
एकताबद्ध एनआरएनका लागि सहकार्य गर्न आह्वान
-
आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गरेको आरोपमा टर्कीएद्वारा ३२ सन्दिग्ध पक्राउ
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा