घाइते भए ऋतिक रोशन, वार २ को सुटिङ सर्यो

नयाँ दिल्ली । बलिउड अभिनेता ऋतिक रोशन र दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर आजकल आफ्नो फिल्म वार २ पूरा गर्न व्यस्त छन् ।
ऋतिक रोशन र जुनियर एनटीआर वार २ को लागि एक शानदार, शाई एनर्जी डान्स नम्बरको छायांकनका लागि तयार भएर बसेका थिए । तर ऋतिक रोशनको खुट्टामा चोट लागेका कारण यो गीतको छायांकन मे महिनासम्म स्थगित गरिएको खबर आएको छ ।
खुट्टामा चोट लागेका कारण डाक्टरहरूले ऋतिक रोशनलाई चार हप्तासम्म आराम गर्न सल्लाह दिएका छन् । यही सल्लाहका कारण गीतको छायांकन मे महिनामा मात्रै हुने भएको छ । जुनियर एनटीआरसँग गीतको रिहर्सल गर्ने क्रममा ऋतिकको खुट्टामा चोट लागेको भनिएको छ । चोट गहिरो भएकाले थप जोखिम नलिन र गीतको छायांकन अघि आराम गर्न डाक्टरहरूले उनलाई सल्लाह दिएको बताइएको छ । यो डान्स नम्बर अब मे महिनामा छायांकन हुने स्रोतले बताएको भन्दै बलिउड हंगामाले समाचार छापेको छ ।
सबै मुख्य कलाकारहरूले आ–आफ्नो छायांकन पूरा गरिसकेका छन् । फिल्म पहिले नै पोस्ट प्रोडक्सनमा छ । यो छोटो ढिलाइको कारणले गर्दा फिल्मको कुनै पनि प्रमोशन वा मार्केटिंग गतिविधि परिवर्तन नहुने बताइएको छ । वार २ निर्धारित रिलिज मिति २०२५ अगस्ट १४ मा विश्वभरका थिएटरहरूमा रिलिज हुने बताएको छ । वार २ मा ऋतिक रोशन र जुनियर एनटीआरसँगै कियारा आडवाणीको पनि अभिनय छ । अयान मुखर्जीद्वारा निर्देशित वार २ आदित्य चोपडाको ब्लकबस्टर वाईआरएफ स्पाई युनिभर्स फ्रान्चाइजीको एक हिस्सा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषामा भूमण्डलीकरणको प्रभाव
-
तीनकुने घटनामा पक्राउ पर्नेको संख्या १११ जना पुग्यो
-
तीनकुने घटनामा घाइते ७१ जना सुरक्षाकर्मी डिस्चार्ज
-
राप्रपा नेपालका अध्यक्ष थापाले भेटे पक्राउ परेका राप्रपा नेता, भने स्वास्थ्यको ख्याल राख्नु
-
चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा
-
बन्दीपुरमा कला–संस्कृति र मधुपर्क सम्मेलन