निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीको पक्षमा फैसला
मङ्गलबार, २७ फागुन २०८१, १५ : ४३

काठमाडौँ । निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीले मुद्दा जितेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. कार्कीले २०७९ मा दायर गरेको रिटमा सर्वोच्चले उनको रिट जारी हुने फैसला गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलले उनले दायर गरेको रिट जारी गरेका हुन् ।
मेडिकल काउन्सिल सदस्य हुँदाहुँदै २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश दिएपछि उनी चुनाव लडेकी थिइन् । सो मुद्दा सर्वोच्चले मंगलबार फैसला गरेको हो । कार्कीले यसअघि नै मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिइसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा एक महिला मृतावस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?