बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

‘लाज शरणम्’ हेरेपछि बालेनले के भने ?

मङ्गलबार, २७ फागुन २०८१, १५ : ३९
मङ्गलबार, २७ फागुन २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘लाज शरणम्’ हेरेका छन् । उनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा फिल्म हेरेका हुन् ।

फिल्म हेरेपछि बालेनले अभिनेता सिताराम कट्टेलको अभिनयको समेत तारिफ गरेका छन् । ‘सितारामजीको भूमिका लास्टै दामी । लास्टै मजा आयो’ उनले प्रतिक्रियामा भनेका छन् । ‘म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो’ बालेनले भने ।

फिल्म ‘लाज शरणम्’मा बालेनको ‘नेपाल हाँसेको’ र्‍याप गीत पनि छ ।  जसले दर्शकमाझ निकै चर्चा पाएको थियो । फिल्मभित्र भने यो गीत छैन । 

कुमार कट्टेल निर्देशित फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकारको अभिनय छ । 

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता नवीन श्रेष्ठ हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?