कर्णाली चिनाउन चलचित्र उपयुक्त माध्यम हो : प्रदीप खड्का

काठमाडौँ । अभिनेता प्रदीप खड्काले कर्णालीलाई विश्वमा चिनाउन फिल्म उपयुक्त माध्यम हुने बताएका छन् । उनले यसका लागि आफू सद्भावना दूतका रूपमा अघि बढ्न तयार रहेको धारणा राखे ।
‘कणाली चिनाउन यहाँका उत्पादन समेत ब्राण्डीङ गर्नु पर्नेछ’, उनले भने । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सोमबार समापन कार्यक्रममा अभिनेता प्रदीपको अलवा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी पनि त्यहाँ पुगेका थिए । डिसीले कर्णाली र यसको आसपासका क्षेत्रमा चलचित्र विकासका लागि ठोस कदम चाल्न आवश्यक रहेको बताए । उनले कर्णालीलाई चलचित्र हब बनाउन बोर्डको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कर्णाली प्रदेशको दैलेखको गुराँस गाउँपालिकामा आयोजित महोत्सव नेपाली चलचित्रको प्रवर्द्धन, विकास र चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्न कर्णाली क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाउँदै महोत्सव आयोजना गरिएको थियो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको समेत सहभागिता रहेको महोत्सवमा फिल्म ‘प्रकाश’ र ‘पुजार सार्की’का लेखक विकास सुवेदी, कर्णाली गाउँपालिका अध्यक्ष टोप बहादुर बिसी, साहित्यकार डा. महेन्द्र कुमार मल्ललगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी