संसदबाट गगनले भने– सरकारले नचाहिने ठाउँमा हात हाल्नु हुँदैन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले नचाहिने कुरामा हात हाल्न नहुने बताएका छन् । उनले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन लागेको प्रति सङ्केत गर्दै बरु आर्थिक सुधारको काम गर्नुपर्ने, असन्तुष्ट नागरिकसँग संवाद गर्नुपर्ने र सरकार कहीँ चुकेको छ भने सच्चाउनुपर्ने बताएका हुन् ।
मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै थापाले भने, ‘सरकारका माननीय मन्त्रीलाई मेरो आग्रह छ । सरकाले नचाहिने ठाउँमा हात हाल्नुहुँदैन, नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको दुखाउनु हुँदैन । जुन कुरा चलाउनै हुँदैन र आवश्यक नै छैन ।’
थापाले सरकारले कसैलाई काखा र पाखा नगरी कानुन सवका लागि बराबरी हुन्छ भन्ने विश्वासको वातावरण बनाउनुपर्ने बताए । उनले सरकारले सवै राजनीतिक दल र नागरिकको विश्वास जित्नुपर्ने तथा सहकारी, मानव वेचविखन, क्याम्पस तोडफोड लगायतका घटनामा तिराउने दण्ड जरिवाना पनि निष्पक्ष हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै