उत्तरको सीमा क्षेत्रमा सुरक्षा कडाइ

काठमाडौँ । चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । चीनसँग नेपालको १४ जिल्लाको भौगोलिक सिमाना जोडिएको छ । नेपाल–चिन सिमाना जोडिएका ४ वटा जिल्लामा अध्यागमन कार्यालय छ ।
रसुवा जिल्लास्थित रसुवागढी, मुस्ताङको कोरला, हुम्लाको हिल्सा र सिन्धुपाल्चोक स्थित तातोपानीमा अध्यागमन कार्यालय सञ्चालन गरिएको छ ।
दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने तयारी भइरहेको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द प्रसाद रिजाल भन्छन्, ‘तिंकरमा अध्यागमन कार्यालय खोल्दै छौँ ।’
अध्यागमन कार्यालयहरूले नेपालबाट चीनतर्फ आउजाउ गर्न ‘ट्राभल पास’ जारी गर्ने गरेका छन् । एक पटक पास लिएर एक वर्षसम्म आवतजावत गर्न सकिन्छ ।
तिब्बतको सीमा क्षेत्रमा पर्ने कोरला लगायतका १० ठाउँमा सशस्त्र प्रहरीले बीओपी (बोर्डर आउट पोष्ट) स्थापना गरेको छ । तिब्बत तर्फबाट शरणार्थी प्रवेश गर्नसक्ने आशंकामा सशस्त्र प्रहरी बलको बीओपीहरूले सुरक्षा कडाइ गरेका छन् ।
सिमानामा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा कडाइ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले रातोपाटीलाई बताए । उनले भने, ‘सीमा क्षेत्रमा हुनसक्ने सुरक्षा चुनौतीबारे हामी सधैँ सजग रहन्छौँ ।’
सिमानामा सशस्त्र र नेपाल प्रहरीले कडाइ गरेसँगै तिब्बतबाट शरणार्थीहरू नेपाल प्रवेश गर्न पाएका छैनन् । पछिल्लो समय शरणार्थीको गतिविधि उत्तरतर्फको नाकामा नदेखिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘शरणार्थीको गतिविधि देखिएको छैन ।’
ताप्लेजुङ, हुम्ला, मुस्ताङ, गोरखा र सङ्खुवासभा लगायतका जिल्लामा नेपाल प्रहरीका सुरक्षा अधिकारीले पनि सिमाना केन्द्रित गस्ती गरिरहेका छन् । सिमानामा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।
प्रहरीका एक जना उच्च अधिकृत भन्छन्, ‘साझेदारी कार्यक्रम मार्फत सिमानाका बासिन्दासँग नजिक रहेर काम गर्दा त्यहाँका अवैध गतिविधि नियन्त्रणमा सहज भएको छ ।’
सिमानाबाट हुने सुन तस्करी नियन्त्रण गर्न विशेष निगरानी गरिएको प्रहरी अधिकृत बताउँछन् । गृह प्रशासनको नेतृत्वमा रहेकै बेला नारायणकाजी श्रेष्ठले ती सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गर्ने नीति लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित
-
शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ