दाङका स्वर्गद्वारी गुठीपीडित किसानहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
मङ्गलबार, २७ फागुन २०८१, १४ : ३९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
सांसद चौधरीले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरी किसानका मागहरूको बेवास्ता गरेको आरोप लगाए । उनले आन्दोलनरत किसानहरूसँग भएका सामाग्रीहरू समेत सरकारले डकैती शैलीमा खोसेको आरोप लगाए ।
उनले भने, ‘दाङका किसानहरू धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौँ राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरूको साथमा रहेको सामानहरू डकैती शैलीमा खोसिएको छ ।’
सांसद चौधरीले मोही किसानका समस्या समाधान गर्न तदारुकताका साथ काम गर्न सरकारसँग माग गरे ।