सरकारलाई मेटमणिको चेतावनी : हामी पनि इँटाको जवाफ पत्थरले दिन्छौँ
मङ्गलबार, २७ फागुन २०८१, १४ : ३७

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभए जसरी किसानका मागहरूको बेवास्ता गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘दाङका किसानहरू धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौँ राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरूको साथमा रहेको सामानहरू डकैती शैलीमा खोसिएको छ । यदि यसलाई ठिक मान्ने हो भने हामी पनि इँटाको जवाफ पत्थरले दिन्छौँ । अब त अति भयो । अति भए खति हुन्छ भन्ने हेक्का सरकारलाई हुनुपर्छ । ’
उनले मोही किसानका समस्या समाधान गर्न तदारुकताका साथ काम गर्न सरकारसँग माग गरे ।