अफगानिस्तानको सदस्यता निलम्बन गर्न आईसीसीसँग ह्युमन राइट्स वाचको आग्रह

काठमाडौँ । ह्युमन राइट्स वाचले अफगानिस्तानलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट प्रतिबन्ध लगाउन र अफगानिस्तान क्रिकेट बोर्डको सदस्यता निलम्बन गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग माग गरेको छ ।
पछिल्लो समय अफगानिस्तानमा मानव अधिकारको व्यापक उल्लङ्घन भइरहेको भन्दै ह्युमन राइट्स वाचले आईसीसीलाई यस्तो पत्र पठाएको समाचारमा जनाइएको छ । ह्युमन राइट्स वाचले आईसीसीका अध्यक्ष जय शाहलाई सम्बोधन गरी ई–मेलमार्फत यस्तो पत्र पठाएको हो ।
‘तालिबानद्वारा शासित अफगानिस्तानमा जबसम्म महिला र बालिकाहरूले शिक्षा र खेलकुदमा फेरि भाग लिन पाउने वातावरण बन्दैन तबसम्म अफगानिस्तानलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट रोक लगाइयो र अफगानिस्तान क्रिकेट बोर्डको सदस्यता निलम्बन गरियोस् भनी आईसीसीसँग अनुरोध छ,’ ह्युमन राइट्स वाचले पठाएको पत्रमा भनिएको छ ।
ह्युमन राइट्स वाचले आईसीसीसँग मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघका निर्देशक सिद्धान्तहरूमा आधारित नीतिलाई लागू गर्न पनि आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक