बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

गोकर्णेश्वरबाट पेस्तोलसहित युवक पक्राउ

मङ्गलबार, २७ फागुन २०८१, १४ : १२
मङ्गलबार, २७ फागुन २०८१

काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित भाडगाउँबाट प्रहरीले पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपािलका–२० घर भएका सुदन जोशी छन् । 

प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव सिंह भाट नेतृत्वको टिमले गएराति उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो । आरोपीको साथबाट एकथान पेस्तोल, १० राउण्ड गोली र २५० ग्राम लागुऔषध पोल्याण्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । 

आरोपीको साथबाट प्रहरीले १० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?