आईफामा लापता लेडिजको वचर्श्व, उत्कृष्ट फिल्म सहित १० अवार्ड

नयाँ दिल्ली । आइतबार जयपुरमा इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड समारोह भएको थियो । समारोहमा लापता लेडिजदेखि किलसम्म, सबै फिल्महरूले अवार्ड जितेका छन् ।
समारोहमा किरण रावको फिल्म ‘लापता लेडिज’को दबदबा देखियो । फिल्म सबैभन्दा धेरै १० अवार्ड हात पारेको छ । यस वर्ष आईफामा नयाँ स्टारहरूको बोलवाला देखियो । भूल भुलैया ३ देखि ओटीटी फिल्महरूले पनि अवार्ड पाए ।
जयपुरमा आयोजित यस अवार्ड कार्यक्रममा कयौँ ठूला व्यक्तित्वहरू उपस्थिति थियो । कार्यक्रममा शाहरुख खान, रेखा, कट्रिना कैफदेखि करीना कपूर र शाहिद कपूर सम्म आइपुगेका थिए । कार्तिक आर्यनले करण जोहरसँग मिलेर कार्यक्रमको होष्ट गरेका थिए । कार्यक्रममा करिना कपूर, शाहरुख खान, माधुरी दिक्षित, नोरा फतेही र कार्तिक आर्यन लगायत सेलिब्रेटीहरूले पर्फम गरेका थिए । करिनाले आफ्नो हजुरबुबा दिग्गज फिल्म निर्माता राज कपुरलाई ट्रिब्यूट दिएकी थिइन् ।
आइफा २०२५ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि किरण रावको कम बजेटको चलचित्र लापता लेडिजले जित्यो । कार्तिक आर्यनले सर्वोत्कृष्ट अभिनेताको उपाधि जित्दा सर्वश्रेष्ठ अभिनेत्रीको उपाधि लापता लेडिजकी नितान्शी गोयलले हात पारिन् ।
यस्तो छ आइफा अवार्ड २०२५ का विजेताहरूको पूर्ण सूचीः
उत्कृष्ट मुख्य अभिनेताः कार्तिक आर्यन –भूल भुलैया ३
उत्कृष्ट नायिकाः नितान्शी गोयल – लापता लेडिज
उत्कृष्ट निर्देशकः किरण राव – लापता लेडिज
उत्कृष्ट तस्वीरः– लापता लेडिज
उत्कृष्ट डेब्यू (पुरुष): लक्ष्य लालवानी– किल
उत्कृष्ट डेब्यु महिलाः प्रतिभा रान्ता – लापता लेडिज
उत्कृष्ट सहायक भूमिका महिलाः जानकी बोडीवाला – शैतान
उत्कृष्ट सह–भूमिका (पुरुष)ः रवि किशन – लापता लेडिज
भारतीय सिनेमामा आउटस्ट्यान्डिङ अचिभमेन्टः राकेश रोशन
उत्कृष्ट कथा (ओरिजिनल)ः विप्लव गोस्वामी – लापता लेडिज
सर्वश्रेष्ठ डिरेक्टोरियल डेब्यूः कुणाल खमु –मडगाउँ एक्सप्रेस
उत्कृष्ट लिरिक्सः प्रशान्त पाण्डे – लापता लेडिज
उत्कृष्ट संगीत निर्देशकः राम सम्पथ – लापता लेडिज
उत्कृष्ट गायक पुरुषः जुबिन नौटियाल –धारा ३७० बाट दुआ
उत्कृष्ट गायिका महिलाः श्रेया घोषाल –भूल भुलैया ३ बाट अमी जे तोमर ३.०
सर्वश्रेष्ठ ध्वनि डिजाइनः सुभाष साहु, बोलोय कुमार डोलोई, राहुल करपे – किल
उत्कृष्ट पटकथाः स्नेहा देसाई – लापता लेडिज
उत्कृष्ट संवादः अर्जुन धवन, आदित्य धर, आदित्य सुहास जाम्भाले, मोनाल ठाकुर – धारा ३७०
उत्कृष्ट छायांकनः रफी मेहमूद – किल
उत्कृष्ट कोरियोग्राफीः बोस्को–सिजर – ब्याड न्यूजबाट तौबा तौबा
उत्कृष्ट भीएफएक्सः रेड चिलीज भीएफएक्स – भूल भुलैया ३
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै, यस्ता छन् कार्यक्रम
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने