डाइटिङका कारण केरलामा एक युवतीको मृत्यु

नयाँ दिल्ली । गलत डाइटिङ र शरीर बनाउन स्टेरोइडको प्रयोगले धेरै मानिसहरूको ज्यान लिएको छ । यस्तैमा भारतको केरला राज्यको कन्नूरमा एउटा अचम्मलाग्दो घटना भएको छ । डाइटिङका कारण यहाँ एक १८ वर्षीया युवतीको मृत्यु भएको छ ।
ती युवतीले आफ्नो तौल घटाउन युट्युब हेरेर विशेष डाइट प्लान अपनाइरहेको थिइन् । युवती केही अघि देखि तौल बढ्ने डरले युवतिले खाना नै खान छोडेकी थिइन् ।
पानीको भरमा बाँचिरहँदा युवतिको मृत्यु एनोरेक्जियाका कारण भएको अधिकारीहरूले सोमबार बताएका छन् । यो रोग लागेका व्यक्तिहरू पातलो नै भएपनि आफ्नो तौल धेरै भएको सोच्छन् अनि खानेकुरा सकेसम्म खाँदैनन् ।
कन्नूरको कुथुपरम्बा निवासी श्रीनन्दको थलासेरीको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक मट्टानूर पझहसिराजा एनएसएस कलेजमा स्नातक प्रथम वर्षको विद्यार्थी थिइन् । अन्तिम दिनहरूमा उनी भेन्टिलेटर सपोर्टमा थिइन् । बिचमा उनको कोझिकोड मेडिकल कलेजमा पनि उपचार गराइयो ।
डाक्टरले युवतिलाई ठोस आहार खान बारम्बार भनेका पनि थिए । तर आफन्तहरूका अनुसार तौल बढ्ने डरले श्रीनन्दले खाना छोड्ने र धेरै व्यायाम गर्ने गर्थिन् । उनी तरल आहारको भरमा मात्रै बाँचेको उनीहरूले बताए । दुई हप्ता अघि युवतिको ब्लड सुगर ह्वात्तै घट्यो । त्यति नै बेला उनको श्वास प्रश्वासमा पनि समस्या देखियो । तत्कालै अस्पतालमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो भने सुगर लेभल, सोडियम र बीपी सबै निकै कम थिए । भेन्टिलेटरमा राख्दा पनि उनको अवस्था सुध्रिएन र अन्ततः मृत्यु भएको डाक्टरले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
-
२०८२ सालमा कुन-कुन राशिलाई शनिको अढैया तथा साढेसाति दशा छ ? हेर्नुहोस्
-
पञ्जाबका लागि नायक बनेका चहलले बनाए नयाँ रेकर्ड
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
-
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन