सत्तापक्षका सांसदको प्रश्न : विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ?
मङ्गलबार, २७ फागुन २०८१, १३ : ५०

काठमाडौँ । सत्तापक्ष नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ? भनेर सरकारलाई प्रश्न गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो प्रश्न गरेका हुन् ।
‘सभामुख महोदय यो विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ? नेपाल भूकम्प, बाढीपहिरो र आगलागीजस्ता प्राकृतिक प्रकोपको अत्यन्त जोखिममा छ । यसलाई ध्यानमा राखेर हामीले विपद् व्यवस्थापन प्राधिकरण गठन पनि गर्यौ’, उनले भने, ‘तर यसले राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणमा पनि लगायौँ तर प्राधिकरण कहाँ छ थाहा छैन ।’
उनले केही महिनाअघिको बाढीपहिरोबाट काठमाडौँ लगायतका क्षतविक्षत भएका स्थानको तत्काल पुनर्निर्माण गर्न माग समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रागिरिमा युवकले गरे आत्मदाह प्रयास, स्थानीयद्वारा उद्धार
-
तनहुँको बिपी वाटिकामा कभर्डहल निर्माण
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै, यस्ता छन् कार्यक्रम
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्