बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

मधेसका गृहमन्त्री लेखीका अंगरक्षकको मृत्यु

मङ्गलबार, २७ फागुन २०८१, १३ : ४७
मङ्गलबार, २७ फागुन २०८१

जनकपुर । मधेस सरकारको गृहमन्त्रीको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका असई वीरेन्द्रकुमार यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको हो । 

मधेस प्रहरीका अनुसार हिजो उनको पेट र छाती दुख्न थालेपछि उनलाई पहिला स्थानीय अस्पताल गोदावरीमा भर्ना गरिएको थियो । तर त्यहाँबाट थप उपचारको लागि रेफर गरेपछि उनलाई नोबेल अस्पताल विराटनगरमा लगिएको मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले बताए । 

विराटनगर नोबेल अस्पतालमै उपचारको क्रममा हिजो राती उनको मृत्यु भएको डिआइजी आचार्यले बताए । सिरहा नगरपालिका–२५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?