कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
मङ्गलबार, २७ फागुन २०८१, १३ : ३३

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने प्रदेशसभा बैठकमा सहभागी बन्ने कि नबन्ने भन्ने विषयमा छलफल गर्न विपक्षी दलको बैठक सुरु भएको छ ।
प्रदेशसभा सचिवालयस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा सुरु भएको हो ।
बैठकमा माओवादी दलका नेता इन्द्रबहादुर आङ्बाे, नेकपा एकीकृत समाजवादी दलका नेता राजेन्द्र राई, राप्रपाकी प्रमुख सचेतक सविना बजगाईं र माओवादी सांसद बाबुराम गौतम सहभागी छन् ।
प्रधानमन्त्री ओलीले घोचपेच गर्ने भन्दै माओवादीले बैठक बहिस्कार गर्ने चेतावनी दिएपनि सत्तापक्षले मनाउने प्रयास गर्दै आएको बेला विपक्षी बैठकमा जुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको बिपी वाटिकामा कभर्डहल निर्माण
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै, यस्ता छन् कार्यक्रम
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित