हडतालपछि काममा नफर्किने २ हजार प्रहरी बर्खास्त

न्यूयोर्क । हप्तौंसम्म चलेको हडतालपछि काममा फर्कन नमान्ने २ हजारभन्दा धेरै जेल प्रहरीलाई न्यूयोर्क प्रशासनले बर्खास्त गरेको छ । हडताल समाप्त भएको घोषणा गर्न पर्याप्त अधिकारीहरू काममा फर्किएको पनि प्रशासनले बताएको छ ।
‘२२ दिनको अवैध हडताल पछि, गभर्नर र म हडताल अब समाप्त भएको जानकारी दिन पाउँदा खुसी छौँ,’ आयुक्त डेनियल मार्टुसेलोले भर्चुअल पत्रकार सम्मेलनमा भने ।
राज्य र जेल गार्ड युनियन गएको सप्ताहन्तमा हडताल अन्त्य गर्न नयाँ सम्झौतामा पुगेका थिए । तर यसका लागि सोमबार बिहानसम्ममा कम्तीमा ८५ प्रतिशत कर्मचारी काममा फर्कनु पर्थ्यो । यो संख्या सम्झौतालाई गति दिन आवश्यक ८५ प्रतिशत लक्ष्यभन्दा कम थियो । राज्यले ओभरटाइम र सम्झौताका केही अन्य प्रावधानहरूको सम्मान गर्ने मार्टुसेलोले भने ।
विभागले बर्खास्त भएका कर्मचारीको ठाउँमा अरु कर्मचारी भर्ना गर्ने कार्य दू्रत गतिमा अगाडि बढाएको छ । ती कर्मचारीको पूर्ति नहुँदासम्म राष्ट्रिय गार्डले कारागारमा सहयोगी पदहरू सम्हाल्ने बताइएको छ । राज्यभरका कारागारहरूमा काम गर्न लगभग १० हजार सुरक्षाकर्मी उपलब्ध रहेको बताइएको छ । हडताल अघि यो संख्या लगभग १३ हजार ५०० थियो ।
२००० कर्मचारीलाई पठाइयो बर्खास्त पत्र
हडताल गरिरहेका २ हजारभन्दा बढी अधिकारीहरूलाई बर्खास्त पत्र पठाइएको छ । ‘पहिले मेडिकल बिदा स्वीकृत नगरेका र आज बिहान ६ः४५ बजेसम्म नफर्केका अधिकारी र सार्जेन्टहरूलाई तत्काल लागू हुने गरी बर्खास्त गरिएको छ ।’ उनले भनेका छन् । गार्ड युनियन, न्यूयोर्क राज्य सुधार अधिकारीहरू र प्रहरी हितकारी संघलाई टिप्पणीको लागि एउटा इमेल पठाइएको थियो ।
काम गर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै फेब्रुअरी १७ मा जेल गार्डहरूले हडताल सुरु गरेका थिए । जेलमा सुरक्षा दिने कोही नभएपछि गभर्नर क्याथी होचुलले काम प्रभावित नहोस् भनेर नेशनल गार्ड सेना पठाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?