न्युजिल्यान्डका सान्टनरको कप्तानीमा आईसीसीको ‘टिम अफ दि टुर्नामेन्ट’

काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको समाप्तिसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘टिम अफ दि टुर्नामेन्ट’ घोषणा गरेको छ । आईसीसीले ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताको समाप्तिसँगै उत्कृष्ट टोलीको घोषणा गर्ने परम्परा छ ।
सोही अनुरुप, आईसीसीले च्याम्पियन्स ट्रफीको उत्कृष्ट टोली घोषणा गरेको हो । च्याम्पियन्स ट्रफीको ‘टिम अफ दि टुर्नामेन्ट’ मा तीन राष्ट्रका खेलाडीले मात्र स्थान पाएका छन् । टोलीमा उपाधि विजेता भारतका ६ र न्युजिल्यान्डका चार खेलाडी परेका छन् ।
रमाइलो पक्ष के हो भने, यसपटक आईसीसीले प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका दक्षिण अफ्रिका र अस्ट्रेलियाका एकजना खेलाडीलाई पनि टोलीमा समावेश गरेको छैन । यसका अतिरिक्त इङ्ल्यान्डका खेलाडी पनि टोलीमा परेका छैनन् ।
प्रतियोगितामा इङ्ल्यान्डका ब्याट्सम्यान बेन डकेटले उत्कृष्ट प्रदर्शन गरेका थिए । धेरैले उनी ‘टिम अफ दि टुर्नामेन्ट’ मा पर्ने अनुमान गरेका थिए । तर, आईसीसीले उनलाई पनि टोलीमा स्थान दिएको छैन । उनले तीन खेलमा ७५.६७ को औसतले कुल दुई सय २७ रन बनाएका थिए ।
फाइनल खेल हुनुअघिसम्म उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा थिए । यति हुँदा पनि उनलाई आईसीसीले उत्कृष्ट टोलीमा समावेश गरेन । यसका अतिरिक्त इङ्ल्यान्डकै जो रुटलाई पनि टोलीमा समावेश गरिनएन । उनले पनि कुल दुई सय २५ रन बनाएका थिए ।
दक्षिण अफ्रिकाका रासी भान डल डुसेनले ९६.५० को औसतले रन बनाएका थिए । अस्ट्रेलियाका जस इङ्लिसले पनि शतक बनाएका थिए । तर, उनीहरुले पनि टोलीमा स्थान पाएनन् । ‘टिम अफ दि टुर्नामेन्ट’ को कप्तानको जिम्मेबारी पनि रोहित शर्मालाई दिइएको छैन ।
रोहितकै कप्तानीमा भारतले उपाधि चुमेको हो । फाइनलमा भारतसँग पराजित भएको न्युजिल्यान्डका मिचेल सान्टनरलाई ‘टिम अफ दि टुर्नामेन्ट’ टोलीको कप्तान बनाइएको छ । टोलीमा अफगानिस्तानका खेलाडीलाई पनि स्थान दिइएको छ । आईसीसीले भारतीय स्पिनर अक्षर पटेललाई १२औँ खेलाडीका रुपमा टोलीमा समावेश गरेको छ ।
आईसीसीद्वारा घोषित ‘टिम अफ दि टुर्नामेन्ट’ मा रचिन रवीन्द्र, इब्राहिम जदरान, विराट कोहली, श्रेयष ऐयर, केएल राहुल (विकेटकिपर), ग्लेन फिलिप्स, अजमतुल्लाह उमरजाई, मिचेल सान्टनर (कप्तान), मोहम्मद सामी, म्याट हेनरी र वरुण चक्रवर्ती छन् । १२औँ खेलाडीमा अक्षर पटेल रहेका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल