अनलाइन टिभी पत्रकार सङ्घको 'सदस्यता सप्ताह' सुरु

काठमाडौँ । नेपालका अनलाइन टिभीकर्मीहरूको छाता संस्था 'अनलाइन टिभी पत्रकार संघ'ले आजदेखि चैत्र ५ गतेसम्मका लागि 'सदस्यता सप्ताह' घोषणा गरेको छ।
चैतको दोस्रो हप्ता अधिवेशन गर्ने निर्णय भएकाले चैत्र ५ गतेभित्र सदस्यता नवीकरण गर्ने वा नयाँ सदस्यता फाराम भर्ने मिति तोकिएको हो। संघको यही फागुन २५ गते बसेको बैठकले २७ गतेदेखि सदस्यता सप्ताह सञ्चालन गर्ने निर्णय गरेको हो।
अनलाइन टेलिभिजन सञ्चालन गर्दै आएका देशभरका अनलाइन टिभी पत्रकारहरूले संघका पदाधिकारी तथा सदस्यहरूसँग सदस्यताका लागि सम्पर्क गर्न सक्ने संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए।
देशका विभिन्न जिल्लामा समेत कार्यसमिति रहेको सङ्घले सबै जिल्ला र सबै तहमा नयाँ कार्यसमिति बनाउने तयारी समेत गरेको छ।
नेपालमा अनलाइन टिभी पत्रकारितालाई शुद्धीकरण र सुदृढीकरण गर्ने उद्देश्यले २०७६ सालमा स्थापना भएको सङ्घले अनलाइन टिभी पत्रकारलाई जिम्मेवार बनाउँदै उनीहरूका हक अधिकारका लागि पैरवी र सङ्घर्ष गर्दै आइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री