डोल्पाको ठुली भेरीमा चल्यो नगरबस, प्रदेश राजधानी वीरेन्द्रनगरमा छैन सुर

सुर्खेत । हिमाली जिल्ला डोल्पाको ठुली भेरी नगरपालिकाले सोमबारदेखि आफ्नै नगरबस सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी मन्दिरमा भव्य पूजापाठ गरी उक्त सेवा सुरु गरेको हो ।
डोल्पामा नगरबस सञ्चालन गर्ने एकमात्र स्थानीय तह हो, ठुली भेरी । नगरपालिकाका अनुसार नगरबस अहिलेलाई दुनै–रुपगाड–कालागौडा–मोतिपुर–डाँगीबाडा र जुफाल रुटमा चल्ने छ ।
नगरप्रमुख सुवर्ण कुमार बुढा नगरपालिकाभित्रका सबै वडामा सडक बिस्तार भएसँगै नगरबासीलाई यातायातको सुविधा सहज र सुलभ सेवा दिने उद्देश्यसहित नगरबस सञ्चालनमा ल्याइएको बताउँछन् ।
उनका अनुसार नगरबस १३ किलोमिटरमा चल्ने र उक्त दुरीको भाडादर २ सय तोकिएको छ ।
गाउँ–गाउँमा नगरबस, सहरमा भने छैन
सडक सञ्जालको सहज सुविधा नभएका गाउँका स्थानीय तहहरूले नगरबस सेवा सञ्चालन गरिरहेका छन् ।
नगरबस सञ्चालन गर्नेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका, मुगुको छायानाथ रारा, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले यसअघिनै नगरबस सञ्चालनमा ल्याइसकेका छन् ।
तर प्रदेशकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको र प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमा भने यस्तो सेवा छैन । नगरबस नहुँदा अटो रिक्साले मनलाग्दी भाडा असुल्ने गरेका छन् ।
‘यहाँ अटोमा चढ्यो कि २० रुपैयाँभन्दा माथि लग्छ, किलोमिटरकै ५०–१०० लैजान्छन्,’ वीरेन्द्रनगरको यरिचोकमा कोठा भाडामा बस्दै आएका प्रदल शाही भन्छन् ।
वीरेन्द्रनगर नगरपालिकाले अहिलेसम्म नगरबस सञ्चालनबारे कुनै योजना बनाएको देखिँदैन । यद्यपि निजी क्षेत्रले नगरबस सञ्चालनमा ल्याए पनि अहिले बन्द भइसकेको छन् ।
०८० असारमा निजी क्षेत्रले नगरको समन्वयमा निजी गाडीलाई नगरबसका रूपमा चलाए । पहिलो चरणमा १० वटा फोर्स गाडीबाट सेवा सुरु गरेपनि वर्षदिन पनि चल्न सकेनन् ।
काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश कुमार सापकोटा तेलमा लगातार मूल्यवृद्धि हुँदा भाडा बढाइएको र त्यसपछि गाडीमा चढ्ने यात्रुमा कमी आउनु लगायतका कारण बन्द गर्नुपरेको बताउँछन् ।
‘सुरुमा तेलको मूल्य कमै थियो, पछि बिस्तारै बढ्दै गयो, अनि भाडाबाट आएको पैसाले तेल खर्चपनि धान्न नसक्ने अवस्था आयो,’ उनी भन्छन्, ‘सुरुमा भाडादर २० तोकिएकोमा पछि ३० बनाइयो । गाडीले ३० लिन थालेपछि अटोवाला सस्तोमा भनेर प्रचार गर्न थाले । अनि गाडीमा मान्छे चढ्न सकेनन् ।’
अटोरिक्सा चालकहरूले भने पक्की सडकमै अटोमा चढ्ने बित्तिकै २० का दरले रकम उठाउँछन् । उनीहरुले मनलाग्दी रूपमा भाडा उठाउने गरेको नागरिकहरू बताउँछन् । विशेषगरी प्रदेश अस्पतालमा जाँदा–आउँदा अटोरिक्सा चालकले मनलाग्दी रकम उठाउँछन् ।
नगरबस र अटोको भाडा बराबर भएपछि नागरिकहरू सहज र छिटोका लागि अटोरिक्सा नै चढ्न थाले । अर्कातर्फ नगरपालिकाले पनि खासै सहयोग नगरेपछि नगरबस बन्द गरिएको सापकोटाले बताए ।
जब नगरबस बन्द भए फेरि अटोरिक्साले मनलाग्दी भाडा उठाउने गरेका छन् ।
नगरपालिकाले अटोरिक्सा र ई–रिक्सा सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाएको छ । जसमा न्यूनतम भाडा २० रुपैयाँ तोकिएको छ । र, पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ र कच्ची सडकमा १२ रुपैयाँ थप्न पाउने प्रावधान छ ।
तर अटोरिक्सा चालकहरूले भने पक्की सडकमै अटोमा चढ्ने बित्तिकै २० का दरले रकम उठाउँछन् । उनीहरुले मनलाग्दी रूपमा भाडा उठाउने गरेको नागरिकहरू बताउँछन् । विशेषगरी प्रदेश अस्पतालमा जाँदा–आउँदा अटोरिक्सा चालकले मनलाग्दी रकम उठाउँछन् ।
‘अस्पतालदेखि कालुचोक बढीमा २ किलोमिटर पनि छैन तर अटोवालाले ८० रुपैयाँ नदिए लान्न भन्यो,’ कालुचोकमा भेटिएका दैलेखका रत्न बुढाले भने, ‘यहाँ त अटो चढ्न निकै गाह्रो भयो । बरु नगरबस भएको भए सजिलो हुन्थ्यो ।’
यता वीरेन्द्रनगर नगरपालिकाले भने नगरबस सञ्चालनका लागि कुनै योजना बनाएको छैन । नगरपालिकाका सूचना अधिकारी टंक प्रकाश लामिछाने भन्छन्, ‘अहिले नगरबसका लागि कुनै योजना छैन । हल्काफुल्का कुरा त भएको हो । अर्को आर्थिक वर्षपछि केही योजना बन्छ की !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री