अभिनेत्री दीया मास्केको आग्रह : फिल्ममा गएकाहरू नाटकमा फर्किनुस्

काठमाडौँ । अभिनेत्री दीया मास्केले नाटकबाट फिल्ममा गएका कलाकारलाई नाटकमा फर्किन आग्रह गरेकी छन् । जग नाटक भएकोले अहिले फिल्ममा पाएको पपुलारिटीले नाटकलाई पनि फाइदा पुग्ने उनको भनाई छ ।
‘व्यावसायिक भनेको पैसा कमाउनु मात्र होइन । थिएटर पैसा कमाउने माध्यम पनि होइन’, उनले भनिन् ‘व्यावसायिकता भनेको हामीले कति क्वालिटीका काम गर्छौँ, त्यो होला ।’ उनले लोकप्रिय नभए पनि समाजलाई रूपान्तरण गर्न सक्ने शक्ति नाटकमा भएको धारणा राखिन् ।
‘अहिले युवापुस्ताको नाटकमा लगाव बढेको बताइन्छ । फिल्ममा धेरै कलाकारले ख्याति पाए । त्यसकारण ८० प्रतिशत विद्यार्थी यही सोचेर नाटकमा आएका छन्’, उनले थपिन् ‘फिल्ममा जानु भएको पनि फर्किने समय आयो ।’
टीकापुरमा आयोजित टीकापुर साहित्य महोत्सवमा दीयाले कलाकार फिल्मबाट नाटकमा फर्किन आग्रह गर्दा सुनील पोखरेलले रङ्गमञ्च अझै राजमार्ग बन्न नसकेको बताए । प्यासनको कारण आफूले रङ्गमञ्च रोजेको बताएका पोखरेलले नाटक गर्दा आनन्द आउने सुनाए ।
‘अहिले सहरमा थुप्रै नाटकघरहरू छन् । त्यसको सुरुवात गुरुकुलबाटै थियो,’ उनले भने ‘नाटकले मानिसहरूलाई बाँच्न सिकाउँछ ।’ उनले नाटकले व्यक्तिलाई फराकिलो बनाउँदै, सहिष्णु र असहमतिहरूलाई झेल्ने शक्ति दिने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन
-
उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन
-
नयाँ वर्षमा मन्दिरमा पूजाआजा गर्नेको भीड, तस्बिरहरू
-
बजेट अभावमा सडक निर्माण रोकियो