मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले

मङ्गलबार, २७ फागुन २०८१, ०६ : ०८
मङ्गलबार, २७ फागुन २०८१

काठमाडौं । स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेलेका छन् । सोमबार राती इस्पानियोलको घरेलु मैदानमा दुबैले १-१ को बराबरी खेल्दै अंक बाँडे ।

इस्पानियोलका लागि ४९ औं मिनेटमा जोफ्रे क्यारेरसले गोल गरे भने पाहुना टोली गिरोनाका तर्फबाट क्रिस्टियन स्टुआनीले ८८ औं मिनेटमा गोल फर्काए । 

अंक तालिकामा गिरोना ३३ अंककासाथ १३ औं स्थानमा हुँदा २८ अंक बटुलेको इस्पानियोल १५ औं स्थानमा छ । शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको रियाल मड्रिडको समान ५७ अंक छ । तेस्रो स्थानको एटलेटिको मड्रिडको ५६ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?