लोपोन्मुख कुसुन्डा भाषा संकटमा

काठमाडौं । नेपालमा कुल १२४ भाषामध्ये सबैभन्दा लोपोन्मुख भाषा कुसुन्डा भाषा हो । जुन अहिले संकटमा छ । २०७६ माघ ११ गते ज्ञानुमैयाँ कुसुन्डाको निधनपछि यो भाषा बोल्ने एकमात्र पूर्णवक्ता ५० वर्षीया कमलासेन कुसुन्डा मात्र बाँकी रहेको माानिन्छन् ।
रोल्पाको टुनिबोटमा जन्भिएकी कमलाले भनिन्, ‘पहिले दिदीसँग मातृभाषामा कुरा गर्थें, तर अब म मात्र छु । म मरे भने यो भाषा पनि मर्छ ।’ १८ वर्षको उमेरमा विवाह गरेपछि परिवारको जिम्मेवारी सम्हाल्दै कमला श्रोतव्यक्तिको रुपमा आफ्नो मातृभाषा बचाउन निरन्तर लागिरहेकी छन् । उनी भाषा बोल्न र सिकाउनमा समर्पित भएर प्रयास गर्दै छिन् । विडम्बना, उनको आफ्नै परिवारका सदस्यहरूले पनि कुसुन्डा भाषा बोल्न सक्दैनन् । उनका तीन छोरा, एक छोरी, तीन नाती र दुई नातिनीमध्ये कसैले भाषा सिकेका छैनन् ।
जंगलको फिरन्ते जीवनबाट गाउँमा स्थायी बसोबास गर्न थालेपछि कुसुन्डा भाषा हराउँदै गएको कमलाको अनुभव छ । विकासक्रममा जङ्गल छोडेर गाउँमा बसेपछि उनीहरूमा नेपाली बोल्ने बानी भयो । बाहिरी समुदायसँग अन्तरक्रिया बढ्दैगयो, बिहेवारी अन्य जातिहरूसँग हुन थाल्यो । अन्ततः भाषा सिक्ने नयाँ पुस्ता हराएको बताइन्छ ।
कुसुन्डा समुदाय तीन वंशज-शाही, सेन र खानमा विभाजित छन्। । नेपालको लोपोन्मुख भाषामध्ये कुसुन्डा भाषा सबैभन्दा जोखिममा रहेको छ । कुसुन्डा भाषाका अध्येता उदयराज आले मगरले ‘ज्ञानुमैयाँपछि, भाषा बचाउने मुख्य स्रोत कमला मात्र रहेको बताए । भाषाको आयु छोटिँदै छ, अब जति सकिन्छ सिक्नुपर्ने बेला हो’ उनले भने ।
कुसुन्डाको संस्कृति बचाउन समस्या भएको हुँदा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । लोपोन्मुख जातिका रूपमा मासिक सामाजिक सुरक्षा भत्ता पाए पनि यो पर्याप्त नरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन टिभी पत्रकार सङ्घको 'सदस्यता सप्ताह' सुरु
-
डोल्पाको ठुली भेरीमा चल्यो नगरबस, प्रदेश राजधानी वीरेन्द्रनगरमा छैन सुर
-
सहजपुर–बोगटान सडक निर्माण सम्पन्न, योजना कार्यालय खारेज
-
समाजवादी मोर्चाले आज विरोधका कार्यक्रम घोषणा गर्ने
-
अभिनेत्री दीया मास्केको आग्रह : फिल्ममा गएकाहरू नाटकमा फर्किनुस्
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य