मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मन्त्रिपरिषद् बैठक

कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल

सोमबार, २६ फागुन २०८१, २३ : ०५
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे अनिर्णित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानबारे आज कुनै निर्णय नगरेको एक मन्त्रीले बताए । 

बरु बैठकमा राजावादीले गरिरहेको गतिविधिबारे चर्चा भएको ती मन्त्रीको भनाइ थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको सक्रियताबारे बैठकमा धारणा राखेको ती मन्त्रीको भनाइ थियो । यद्यपि उनले राजावादीको सक्रियताको औचित्य नभएको भन्दै नतिजा निस्कनेगरी काम गर्न निर्देशन दिएका थिए । 

कुलमानको हकमा भने सामान्य चर्चाबाहेक केही नभएको र सम्भवतः अर्को बैठकमा छलफल हुने उनको भनाइ छ । सरकारले कुलमानलाई हटाउने उद्देश्यले यसअघिको मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोधेको थियो । जसको जवाफ उनले आइतबार बुझाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?