एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए

दशरथचन्द । माध्यमिक परीक्षा (एसइई) का लागि जिल्लामा २७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्ला परीक्षा समन्वय समितिले आगामी चैत ७ गतेदेखि सञ्चालन हुने एसइई परीक्षाका लागि २७ वटा परीक्षा केन्द्र निर्धारण गरेको हो ।
यो वर्ष दुई वटा परीक्षा केन्द्र थप गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए । प्राविधिक धारतर्फका परीक्षार्थीका लागि वीरेन्द्र मावि शाहिलेक (ख) केन्द्र र ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीका लागि वीरेन्द्र मावि शाहिलेक (ग) केन्द्र कायम गरिएको उनले बताए ।
प्राविधिक धारतर्फका सात वटै विद्यालयका लागि वीरेन्द्र मावि शाहिलेक (ख) केन्द्र कायम गरिएको छ । वीरेन्द्र मावि शाहिलेकमा तीन वटा (क, ख र ग) केन्द्र तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डको पत्रअनुसार जिल्लामा दुई वटा केन्द्र थप गरिएको हो ।
यस वर्षको एसइई परीक्षामा बैतडीका पाँच हजार तीन सय ६२ विद्यार्थीहरु सहभागी हुँदैछन् । नियमित र ग्रेडवृद्धि गरेर पाँच हजार तीन सय ६२ जना परीक्षार्थीले एसइई परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए ।
साधारणतर्फका नियमित दुई हजार एक सय १५ छात्रा र एक हजार नौ सय ७६ छात्र गरेर चार हजार ९१ परीक्षार्थी सहभागी हुनेछन् । त्यसैगरी प्राविधिक धारतर्फका नियमित ९६ छात्रा र एक सय २० छात्र गरेर दुई सय १६ परीक्षार्थी सहभागी हुने शर्माले बताए ।
पाँच सय ८६ छात्रा र चार सय ६९ छात्र गरेर एक हजार पाँच जनाले ग्रेडवृद्धि परीक्षा दिने उनले जानकारी दिए । बैतडीमा एक सय २८ वटा सामुदायिक र पाँच वटा संस्थागत विद्यालयका परीक्षार्थीले एसइई परीक्षामा सहभागिता जनाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरी वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य