मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम

सोमबार, २६ फागुन २०८१, २२ : ०४
सोमबार, २६ फागुन २०८१

हेटौँडा ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले वर्तमान सरकारको नालायकीपनले अराजकता बढिरहेको बताएका छन् । केपी ओली सरकारको कारण अराजकतालाई मलजल पुगेको इन्चार्ज गौतमले बताए ।  

बकैया–७, भिरकोटमा आयोजित माओवादी केन्द्रको वडा सम्मेलनलाई सम्बोधन गर्दै इन्चार्ज गौतमले कुलमान घिसिङ जस्ता राष्ट्रसेवकको मानमर्दन गर्ने, आफ्नाहरुलाई विभिन्न मुद्धाबाट उन्मुक्ति दिने जस्ता काम वर्तमान सरकारले गरिरहेको बताए । नेता गौतमले सरकारले जनताप्रति जवाफदेही भएर काम गर्न नसक्दा समस्या देखिएको आरोप लगाए। 

‘विशेषतः कांग्रेस एमालेको सरकारले आफुले जे गरेपनि हुन्छ भन्ने गलत भावनाले काम गर्दा जनतामा वितृष्णा बढेको छ। यसको फाईदा कथित राजावादीहरुले लिन खोजे पनि यो उनीहरुको दिवास्वप्नमा सीमित हुन्छ । तर दलहरुले यस प्रकारको घटना, प्रवृत्तिलाई नजर अन्दाज नगरी सच्चिएर अगाडी बढ्ने अवसरको रुपमा ग्रहण गर्नुपर्दछ’ उनले भने ।

माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले २५० वर्ष शासन चलाउॅदा नबचाएको र नबनाएको देश फेरी ‘आऊ र बचाऊ’ भन्नु केवल हास्यास्सपद केटाकेटी कुरा भएको जिकिर गरे। नेता पुलामीले लोकतन्त्रले नै यो देश बच्ने र बन्ने दावी गरे। 

सम्मेलनले मानबहादुर स्याङतानको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी चयन गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?