बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कुलमानबारे निर्णय हुने सम्भावना
सोमबार, २६ फागुन २०८१, २१ : ४१

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए ।
ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरण आइतबारमात्रै कुलमानले बुझाएका थिए । सरकारले कुलमानलाई हटाउने प्रयास गरिरहेको छ।