मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

‘नवीन समझदारी’ गर्न राप्रपाको आह्वान, पूर्वराजाको स्वागत सफलतापूर्वक भएको निष्कर्ष

सोमबार, २६ फागुन २०८१, २१ : ३१
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । राप्रपाले मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । 

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सम्मान र स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

पूर्वराजा पोखराबाट फर्किँदा आइतबार राजावादीहरूले विमानस्थल क्षेत्रमा स्वागत गरेका थिए । 

यस्तै राप्रपाले आम नागरिकको उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको समेत जिकिर गरेको छ । 

‘आम नागरिकको चाहना,  देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ’, प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

 यसका लागि आवश्यक संवादको थालनी गर्न समेत राप्रपाले सबै राजनीतिक दललाई विज्ञप्तिमार्फत आग्रह गरेको छ । 

यसैबीच आगामी चैत ३ गते राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टीले सञ्चालन गर्ने आन्दोलन लगायतका विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको श्रेष्ठको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?