मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

पहिचान र स्वायत्त शासनसहितको संघीयता आवश्यक : अध्यक्ष भट्टराई

सोमबार, २६ फागुन २०८१, २१ : ०८
सोमबार, २६ फागुन २०८१

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले पहिचानसहितको संघीयता आवश्यक भएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित पार्टीको बागमतीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष भट्टराईले भाषा, संस्कृति र भूगोल मिलेको ठाउँमा स्वायत्त शासनको व्यवस्था गर्नुपर्ने बताए । उनले भाषा र संस्कार सहितको संघीय शासन व्यवस्थाले सम्बन्धित समुदायको आत्मबल बढ्ने बताए । सबै समुदायले समानताको आधारमा आफ्नो पहिचान स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘जति बेलासम्म हाम्रो भाषा संस्कृति र पहिचान रहन्छ सबैले एकआपसको पहिचान स्वीकार गर्ने । पहिचानले हामी फरक छौँ तर हामी असमान होइनौँ । यही भन्नका निम्ति सबैको पहिचान स्वीकार गर्ने भन्या हो । होलो हेचो नगरी सबै बराबर हो भनेर मान्ने र सँगसँगै जसको भाषा, संस्कृति भूगोल मिलेको ठाउँ छ त्यो ठाउँमा उनीहरूकै स्वायत्त शासन चलाउन दियो भने उनीहरूको पनि आत्मबल  बढ्छ, सम्मान बढ्छ र उनीहरू आफ्नै भाषामा लेखपढ गर्दाखेरी मस्तिष्कको विकास हुन्छ ।’

अध्यक्ष भट्टराईले विदेशमा रहेका नेपालीलाई सोही स्थानबाट चुनावमा मतदान गर्ने व्यवस्था गर्न पार्टीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले बाध्यतावश विदेशमा गएका पचासौँ लाख नेपाली मतदानको अधिकारबाट वञ्चित रहेको बताए । विदेशमा बस्ने नेपालीले मतदानमा सहभागी हुन पाउने अधिकारलाई पार्टीले मुख्य अधिकारका रूपमा प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

अध्यक्ष भट्टराईले आफ्नो पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?